Logo

शिक्षक अभाव टार्न शिक्षण स्वयंसेवक खटाइने



Spread the love

१६ जेठ, काठमाडौं – मुलुकभरका सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभाव टार्न सरकारले शिक्षण स्वयंसेवक खटाउने भएको छ। विद्यार्थी, थोरै शिक्षक भएका विद्यालयमा यस्ता शिक्षक नियुक्त गरिने समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ।

अर्थमन्त्री युवराज खतिवडाले संसदमा आर्थिक वर्ष ०७६ ७७ को बजेट पेस गर्दै स्नातक र स्नातकोत्तर गरेकालाई शिक्षण स्वयंसेवकका रूपमा खटाउने बताए।

यसका लागि एक अर्ब ५० करोड बजेट बिनियोजन गरिएको छ। शिक्षण सिकाइ सहयोग अनुदान कार्यक्रममार्फत शिक्षण स्वयंसेवक परिचालन गर्न लागिएको हो। सामुदायिक विद्यालयहरूमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको बढी अभाव छ।

प्रतिक्रिया दिनुहोस्