Logo

लागुऔषध सहित तीन जना पक्राउ



Spread the love

 

१६ जेठ,चितवन ।
प्रहरीले पूर्वी चितवनको रत्ननगरमा लागुऔषध खैरो हिरोइन सेवन गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा रत्ननगर–४ का रमेश पाण्डे, रत्ननगर–७ का रामु परियार र रत्ननगर–१ का नारायण श्रेष्ठ रहेका छन् ।
इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले दुई दशमलव ७४ ग्राम खैरो हिरोइनसहित उनीहरुलाई  पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी नायब उपरीक्षक सन्तोष आर्चायले जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्