Logo

तुलसीपुरमा ट्रयाक्टरको ठक्करले एकको मृत्यु



Spread the love

 

 

१६ जेठ, दाङ l गत बुधवार तुलसीपुरमा ट्रयाक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका १२ बेलटाकुराका २७ वर्षीय भक्तबहादुर पुन रहेका छन् l

तुलसीपुर ६ लक्ष्मीनारायण मन्दिर नजिक तुलसीपुरबाट बेलटाकुरातर्फ जाँदै गरेको रा २ प १९१७ नम्बरको मोटरसाइकललाई ट्रयाक्टरले ठक्कर दिई गम्भीर घाइते भएका पुनको उपचार कै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताएको छ l

उक्त मोटरसाइकललाई ठक्कर दिने ट्रयाक्टरका चालक फरार रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्