Logo

बस र ट्रक ठोक्किँदा , २ जनाको मृत्यु



Spread the love

१६ जेठ, बुटवल । नवलपुरको देवचुलीमा बस र ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने २१ जना  घाइते भएका छन् ।

प्रहरीका अनुसार देवचुली नगरपालिकाको राजमार्गमा पर्ने हमाल चोक नजिकै ना ४ ख ५२९५ नम्बरको बस र ना २ ख ४८९० नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा परि घाइते भएकाहरुलाई चितवन मेडिकल कलेजमा ७ जना र मनकामना अस्पतालमा १३ जनाको उपचार भइरहेको छ । भने दुर्घटनामा परि गम्भीर घाइते भएर पुरानो मेडिकल कलेज भरतपुर पुर्याएका २ जना महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्