Logo

करेन्ट लगेर एक बालकको मृत्यु



Spread the love

 

 

१६ जेठ, दैलेख l  दैलेखमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लेखको नारायण नगरपालिका १० भवानीका ७ वर्षीय सिमर रावत रहेका छन् l

उक्त रावतको खसेको चकलेट टिप्ने क्रममा मृत्यु भएको हो l आफ्नै घरमा जडान गरिएको विधुतको तार सट भएको ठाउँमा चकलेट लिन जाँदा करेन्ट लगेर गम्भीर भएका रावतको उपचार क्रममै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेम क्षेत्रीले बताएको छ l

प्रतिक्रिया दिनुहोस्