Logo

म मड्रिष्टा हुँ , म यहिँबाट सन्यास लिन चाहन्छु: सर्जियो रामोस



Spread the love

१७ जेठ, काठमाडाैँ – स्पेनिस डिफेन्डर सर्जियो रामोसले आफु रियल मड्रिडमै रहने र सन्यास पनि रिणलबाटै लिने  बताएका छन् । पछिल्लो समय क्लब छाडेर चिनियाँ क्लब जाने हल्ला चलिरहेको बेला रामोसले बिहिबार पत्रकार सम्मेलन गर्दै आफु क्लबमै बस्ने बताएका हुन् ।

‘म मड्रिष्टा हुँ । म यहिँबाट सन्यास लिन चाहन्छु,’ मड्रिडमा आयोजित पत्रकार सम्मेलनमा रामोसले भने, ‘मेरो भविष्यको बारेमा धेरै अनुमान गरिएको छ । तर, म क्लबप्रतिको मेरो प्रतिज्ञा दोहोराउन चाहन्छु ।’

पछिल्लो समय ३३ बर्षीय डिफेन्डर तथा कप्तान रामोस रियल छाडेर चीन जाने हल्ला चलेको थियो । उनले १४ वर्षे रियल बसाई टुंगाउने बताईएको थियो । तर, रामोसले क्लबमै रहने पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्