Logo

शौचालय र टेक्निकल रुम लगायतका भौतिक संरचना एन्फालाई हस्तान्तरण



Spread the love

१७ जेठ, काठमाडौं – जापान सरकारले एन्फा कम्प्लेक्स परिसरमा निर्माण गरेको शौचालय र टेक्निकल रुम लगायतका भौतिक संरचना अखिल नेपाल फुटबल संघ (एन्फा) लाई हस्तान्तरण गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिबार आयोजित एक कार्यक्रमकाबीच जापान सरकारले एन्फालाई शौचालय र टेक्निकल रुम हस्तान्तरण गरेको हो ।

जापान सरकारको सहयोगमा एन्फाले कम्प्लेक्स परिसरमा अपाङमैत्री शौचालय, खेलाडीको ड्रेसिङ रुम बनाएको थियो । यसअघि एन्फाले विभिन्न प्रतियोगितामा घुम्ती शौचालयको प्रयोग गर्दै आईरेहेको थियो ।

शौचालय लगायत अन्य भौतिक पूर्वधार निर्माणको लागि जापान सरकारले एन्फालाई ७१ हजार ५८१ अमेरिकी डलर आर्थिक सहयोग गरेको थियो ।

नेपालका लागि जापानको राजदुत मासामिची साइगोले शौचालय र टेक्निकल रुमको उद्घाटन गर्दै एन्फालाई औपचारिक रुपमा हस्तान्तरण गरेका थिए ।

भौतिक संरचना हस्तान्तरण गरेपछि बोल्दै जापानका राजदुत साइगोले यस सहयोगले खेलाडी र दर्शकको लागि राम्रो हुने विश्वास लिएको बताए ।

यस्तै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले भौतिक संरचना निर्माणको लागि जापान सरकारलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्