Logo

सर्पको टोकाईबाट एक बालकको मृत्यु



Spread the love

 

१७ जेठ, सप्तरी l सप्तरीमा सर्पले डसेर ७ बर्षिय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका–११ का निवासी जोगिन्दर रामका छोरा भुवनेश्वर रहेका छन् l

भुवनेश्वरलाई सर्पले आफ्नै घरमा डसेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालका अनुसार उक्त घाइते बालकको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको बताएको छ l

प्रतिक्रिया दिनुहोस्