Logo

वाग्मती नदीमा बस खस्दा चालकको मृत्यु



Spread the love

१७ जेठ,सर्लाही । वाग्मती नदीमा बस खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही बसका चालक ३५ वर्षीय वीरु राई रहेका छन् l

सिन्धुलीको महेन्द्रझाडीबाट सर्लाहीतर्फ आउँदै गरेको ना३ख ६६४२ नम्बरको बस वाग्मती नदीमा खसेको हो । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ स्थित मोरंगेको उकालो रहेकोले सबै यात्रीहरूलाई ओरालेर चालकले बस उकाल्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको स्थानीयले बताएका छन् ।

उक्त घटनामा रौतहटको चन्द्रपुर नगरपालिका–१ का निवासी चालकको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्