Logo

धनुषामा पेस्तोलसहित एक युवक पक्राउ



Spread the love

१७ जेठ, धनुषा l धनुषामा अटोमेटिक पेस्तोलसहित एक युवक पक्राउ परेको छ l पक्राउ पर्नेमा बटेश्वर गाउँपालिका–१ त्रिपुरामा बसोबास गर्ने २८ वर्षीय मनोज महतो रहेका छन् l

प्रहरीले उक्त महतोबाट ‘मेड इन इन्डिया’ लेखिएको स्वचालित पेस्तोल १ थान बरामद गरेको हो l पक्राउ परेका युवकले रामसोगारथ महतोको नाममा सञ्चालनमा रहेको ऋतिका बालुवा डिपो सेन्टरमा अवैध रूपमा मापदण्ड विपरीत खोला उत्खनन् गरेको भनी स्थानीयले विरोध गर्दा पेस्तोल देखाई तर्साउँदै आएका महतोलाई इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाबाट खटिएको प्रहरी टोलीले पेस्तोलसहित पक्राउ गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्