Logo

रियल मड्रिडबाट फुटबल खेलेका जोसेको कार दुर्घटनामा निधन



Spread the love

१८ जेठ, काठमाडाैँ – इंग्लिस क्लब आर्सनलका पूर्व खेलाडी जोसे एन्टोनियो रेएजको निधन भएको समाचार प्राप्त भएको छ । ३५ वर्षे रेएजको कार दुर्घटनामा मृत्यु भएको अलफुटबलले जनाएको छ ।

जोसेले आर्सनल , रियल मड्रिड, एथ्लेटिको मड्रिड, कोर्डोबा, स्पान्योल, सेभिल्ला जस्ता सफल युरोपियन क्लबबाट फुटबल खेलेका थिए । पछिल्लो समय जोसे चाइनिज क्लब सिन्जाङ लियोपार्ड छोडेर स्पेनको तल्लो श्रेणीको क्लब एक्स्ट्रमान्डुरा युडीमा आबद्ध थिए ।

जोसेको दुर्घटनाको पूर्ण विवरणका लागि केही बेर प्रतिक्षा गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्