Logo

गोदावरी राजधानी कप: पिएफए सेमिफाईनलमा



Spread the love

१९ जेठ, धनगढी – आयोजक पिएफए अत्तरिया गोदावरी राजधानी कप राष्ट्रिय खुल्ला फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

कैलालीको अत्तरीयामा शनिबार भएको उद्घाटन खेलमा गौरीगंगा–११ स्पोर्टस क्लब मसुरीयलाई १–० ले हराउँदै आयोजक सेमिफाईनलमा प्रवेश गरेको हो । पिएफएको जितमा एक मात्रै निर्णायक गोल सागर बिसीले गरे ।

प्रतियोगिता अन्तर्गत आईतबार माउण्ट एभरेष्ट क्लब र फारवेष्ट पशुपति युवा क्लब बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले चार लाख तथा उप विजेताले दुई लाख नगद सहित ट्रफी, मेडल तथा प्रमाण पत्र पुरस्कार पाउने छन । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद सहित पुरस्कार पाउने छन ।

प्रतिक्रिया दिनुहोस्