Logo

टेम्पो दुर्घटनामा परि ७ जना घाइते



Spread the love


१९ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ टेढा टोलमा टेम्पो पल्टिँदा ७ जना घाइते भएका छन् भने चालकसहित तीनजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते हुनेमा टेप्पो चालक वीरगञ्ज महानगरपालिका–३२ बस्ने ३० वर्षीय जागे आल्म, पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर–२ बस्ने ३७ वर्र्षीय प्रेमलाल महतो र ५१ वर्षीय सरवस्ती चौधरी रहेका छन् ।
दुर्घटना भएको ना.२. ह २५७७ नम्बरको टेम्पो अनियन्त्रित भई पल्टिएको हो ।

घाइते सबैको वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्