Logo

जनकपुरमा झुण्डिएको अवस्थामा १ युवकको शव फेला



Spread the love

 

१९ जेठ, जनकपुर । जनकपुर उपमहानगरपालिका २० को देवपुरा रुपैठा भन्ने स्थानमा झुण्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

मृत्यु हुनेमा सोही उपमहानगरपालिका स्थानीयवासी २० वर्षका विवेक झा रहेका छन् ।
उनी घरभन्दा झण्डै ५० मीटर पर आपको रुखमा झुण्डिएको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीले उक्त घटना स्थलमा पुगेर अनुसन्धान शुरु गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्