Logo

धनुषामा हावाहुरीको कारणले १ जनाको मृत्यु, एकको अवस्था गम्भीर



Spread the love
सांकेतिक तस्बिर

१९ जेठ, धनुषा l धनुषामा हावाहुरीसङ्गै आएको वर्षाले १ महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मिथिला विहारी नगरपालिका वडा नं ७ का निवासी ७२ वर्षीय वरतो देवी दास रहेकी छन् l

उक्त महिलाको आफ्नै घरमा एलबेस्टरको छाना खस्दा मृत्यु भएको हो l सोही घटनामा घाइते हुनेमा ७५ वर्षीया बिल्टी देवी दास रहेकी छन् l गम्भीर घाइते भएकी बिल्टीको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्