Logo

मैत्रीपूर्ण खेलमा नेपालको लज्जास्पद हार



Spread the love

२० जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल मलेसियासंग २-० ले पराजित भएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा भने २ गोल गर्दै मलेसियाले सहज जित हासिल गरेको हो ।

डिफेन्डर अनन्त तामाङले वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका अख्यर रसिदलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मलेसियाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई सफावीले सदुप्रयोग गर्दै गोलमा परिणत गरि घरेलु टोलीलाई अग्रता दिलाए ।

नेपालको लागि ५८ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन् । बारम्बार गोल गर्ने मौका पाए पनि उक्त अवसरलाई सदुप्रयोग गर्ने नसक्दा नेपालले हार भोग्नु पर्यो ।

मलेसियाले ८१ औं मिनेटमा अग्रता दोब्बर पार्यो । झन्डै २५ यार्ड टाढाको फ्रिकिकमा आएको क्रसलाई अनामार्क रहेका सहरुल सादले सहजै गोलमा परिणत गरे । त्यसपछि गोल हुन नसक्दा नेपाल २-० ले पराजित भयो ।

अब बिहीबार हुने मैत्रीपूर्ण खेलमा नेपालले चाइनिज ताइपेइको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्