Logo

महाअभियोगबारे डा. केसीले के भने त ?



Spread the love

dr-govinda-kc-5-1

 

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ तथा डा. गोविन्द केसी लगायतको सहभागितामा बुधबार बसन्तपुरमा भएको सभामा सबैले महाअभियोगको गलत प्रयोग भएको बताए ।प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग फिर्ताको माग गर्दै नागरिक समाजका अगुवाहरु सडकमा निस्किएका छन् ।

त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले ठूलो ग्राण्ड डिजाइनमा प्रधानन्यायाधीशविरूद्ध महाअभियोग आएको बताए । प्रजातन्त्र आएको २७ वर्ष भएपछि दलहरुमा दलीयतन्त्र मात्र संस्थागत भएको भन्दै उनले मुलुकमा देउवातन्त्र, प्रचण्डतन्त्र र केही हदसम्म ओलीतन्त्र रहेको टिप्पणी गरे । महाअभियोगविरुद्ध उत्रन आहृवान गर्दै उनले भने, ‘यदि तपाईहरुले विवेक धर्म छाड्नु भो भने पाप धुरीबाट कराउँछ । आजहामीलाई खाने बाघले भोलि तपाईलाई खान्छ ।’

 

 

 

प्रतिक्रिया दिनुहोस्