Logo

सडक दुर्घटनामा परि स्कुटी चालकको मृत्यु



Spread the love

२१ जेठ, धरान । कोसी राजमार्गअन्तर्गत धरान–इटहरी सडक खण्डमा सडक दुर्घटनाम  हुँदा १ जना स्कुटी चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुटा महालक्ष्मी नगरपालिका मारेकटहरे घर भएकी हाल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स कविता तुम्बा रहेकी छिन् । कविताको इटहरीबाट धरानतर्फ आउँदै गरेको को २६प ५८१ नं को स्कुटी ना५ख ४२४५ नं को ट्रकसँग ठोक्किएर उक्त घटना भएको हो ।

उनको दुर्घटना पश्चात् उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्