Logo

पाटनमा १ जनाको लेक लगेर मृत्यु



Spread the love


२१ जेठ, रुकुम । रुकुम पश्चिमबाट यार्सा संकलनका लागि डोल्पा गएका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आठबिसकोट नगरपालिका-९, गीजाका ३५ वर्षीय कृष्णबहादुर शाही रहेको छ ।
शाही केही दिन अगाडि यार्सा टिप्न भनेर डोल्पाको ताक्सी पाटनमा गएका थिए भने उनको त्यहाँ लेक लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक अच्युतराज आचार्यले जानकारी दिईएको छ ।

उनको भौगोलिक विकटताका कारण शव घर ल्याउन नसके पछि डोल्पामै अन्त्येष्टि गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्