Logo

के तपाईँ चाहनु हुन्छ जुका–चुर्नाबाट छुटकारा पाउन ? खाने गर्नुहोस् यी घरेलु खानेकुरा



Spread the love

 

के तपाईँ जुका–चुर्नाले गर्दा चिन्तित हुनु हुन्छ l यदि हुन् हुन्छ भने खाने गर्नुहोस् यी घरायसी खानेकुराहरू जसबाट सजिलै मुक्ति पाउन सकिनेछ यस्तो समस्याबाट l

खाने गर्नुहोस् यी खानेकुराहरू :

अदुवा
हामीले अदुवाको सेवन गर्नाले शरीरभित्र रहेका जुका लगायतका परजीवीहरूलाई पनि मर्ने गर्दछ l जसले गर्दा यस्तो समस्याबाट छुटकारा मिल्दछ l

मेवाका दाना
मेवाका दाना खानाले शरीरभित्रको टेपवर्म र अन्य विभिन्न किसिमका परजीवी एवं जुकाहरूलाई गर्नका साथै रोग मुक्त पनि बनाउँदछ ।

बेसार
बेसारलाई मसलाको रूपमा प्रयोग गरेता पनि यसको सेवनले शरीरभित्र रहेका जुकाहरू लगायत अन्य विभिन्न परजीवीहरूलाई पनि मार्ने गर्दछ l

ल्वाङ
ल्वाङमा कार्योफिलिन पाइन्छ । जसको प्रयोग गर्दा शरीरभित्र रहेका परजीवीहरू, तिनका अण्डा र लार्भालाई मार्ने काम गर्दछ ।

लसुन
लसुनको सेवन गर्नाले पनि हाम्रो शरीरभित्र रहेका व्याक्टेरिया वा भाइरस जस्ता कीटाणुहरूलाई नष्ट गर्दछ l

प्रतिक्रिया दिनुहोस्