Logo

थाहा पाउनुहोस् काँचो अण्डा खानुका बेफाइदा



Spread the love

साधरणतया अण्डा भन्नाले एक पोषणदायी खाद्य पदार्थ हो l जसको सेवनले हाम्रो स्वस्थमा धरै फाइदा हुने गर्दछ l तर के तपाईहरूलाई यो कुरा थाहा छ ? पाकेको अण्डा खानाले मात्र हाम्रो स्वस्थमा लाभदायी हुन्छ न कि काँचो अण्डाको सेवनले l काँचो अण्डाको प्रयोग गर्नाले स्वस्थमा हानिकारक हुने गर्दछ ।

जान्नुहोस् काँचो अण्डा खानुका असरहरू :

  • काँचो अण्डाको सेवन गर्नका गर्नाले शरीरको बायोटिन पर्याप्त मात्रामा ग्रहण गर्न सक्दैन । जसका कारण शरीरमा नकारात्मक असर पुर्‍याउनका साथै कमजोरी पनि बढ्न सक्नेछ ।
  • काँचो अण्डामा साल्मोनेला ब्याक्टेरिया हुन्छ । जसलाई सेवन गर्नाले मानिसको रोगप्रतिरोधी क्षमतामा ह्रास ल्याउनका साथै सङ्क्रमणको सम्भावना समेत बढाउने गर्दछ ।
  • काँचो अण्डामा भएको प्रोटिनलाई शरीरले पूर्ण रूपमा ग्रहण गर्न सक्दैन । सो कारण शरीरको मांशपेशी कमजोर हुने गर्दछ ।
  • मानिसले काँचो अण्डाको सेवन गरेमा त्यसले अपच गर्नका साथै ‘फुड प्वाइजन’को पनि खतरा हुने गर्दछ l

प्रतिक्रिया दिनुहोस्