Logo

नगर प्रमुखको धम्कीप्रति महासङ्घको ध्यानाकर्षण



Spread the love

२२ जेठ, काठमाडौं । नेपाल पत्रकार महासङ्घले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट कुराकानी गर्ने क्रममा धम्की दिएको घटनाप्रति विरोध जनाएको छ ।

यही जेठ २१ गते पत्रकार अनुपमसँग टेलिफोनमा भएको कुराकानीका क्रममा मेयर चौधरीले “तिम्रो नाक भाँच्न एक करोड छुट्याएको छु”, भनेर धम्की दिएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राज्यको जिम्मेवार निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई यसरी खुलारुपमा धम्की दिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै प्रचलित कानूनको समेत उपहास भएको महासङ्घको ठहर छ ।

महासङ्घले घटनाको घोर भत्र्सना गर्दै धम्की दिने मेयरलाई सार्वजनिकरुपमा माफी मगाई प्रेस स्वतन्त्रताको सम्मान गर्न एवं पत्रकारलाई निर्वाध र स्वतन्त्ररुपमा काम गर्न वातावरण बनाई यस्ता घटना नदो¥याउनेतर्फ ध्यान दिन महासङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

––– रासस

प्रतिक्रिया दिनुहोस्