Logo

साबुन उद्योगको गोदाममा आगलागी



Spread the love

 

२३ जेठ, मोरङ । मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको साबुन उद्योगको गोदाममा आगलागी भएको छ।

हिमगिरी सोप इन्डट्रिज प्रालीको गोदाम घरमा आगलागी हुदा २० लाख भन्दा बढीको क्षति भएको उद्योग सञ्चालकले बताएको छ । गोदाममा प्लाष्टिकका खाली बोरा, साबुन प्याक गर्ने र्‍यापर (प्लाष्टिक), काटुन, साबुन बनाउन प्रयोग गरिने केमिकल राखिएकै कारण केमिकल तातिएर आगलागी भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

उक्त आगो दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्