Logo

अत्यधिक मात्रामा झन्डा बनाएपछि झन्डा बनाउने कपडा पाइन छाड्यो : कालोबजारीमा झन्डाका कपडा



Spread the love

election_preparation_9_li62okslsb

राजनीतिक दलले अत्यधिक मात्रामा झन्डा बनाएपछि निर्वाचन नजिकिँदै जाँदा चुनाव चिह्न र पार्टीको झन्डा छाप्ने कपडाको अभाव भएको छ ।झन्डा बनाउँदै आएका व्यवसायीले कालोबजारीमा महँगो मूल्यमा कपडा किनेर आपूर्ति गरेका छन् । बुटवलमा झन्डा निर्माण गरिरहेको अप्टिकल डिजाइनका सञ्चालक शपनकुमार एन्जिलले झन्डा बनाउने रातो र सेतो कपडाको अभाव भएको बताउनुभयो भन्ने  खबर आजको अन्नपूर्ण पोस्टमा  छापिएको छ ।

‘पसलमा सजिलै पाइने कपडा अहिले महँगो मूल्यमा भनसुन गरेपछि मात्र पाइन्छ’, उहाँले भन्नुभयो । कपडा व्यापारीले झन्डाका लागि कपडाको माग बढेपछि अभाव देखाएर मूल्य बढी लिएका छन् । बुटवलमा चितवनदेखि रोल्पासम्मका राजनीतिक दल झन्डा निर्माणका लागि आउने गरेका छन् ।स्क्रिन छपाइ गर्दै आएका व्यवसायीले झन्डा तथा टिसर्ट छपाइको शुल्क निर्धारणसमेत गरेका छन् । सामान्य साइजको एउटा झन्डा बनाउन ३५ रुपैयाँ लाग्छ ।

काँग्रेस चितवनले बुटवलबाट झन्डा र टिसर्ट छपाएर लगेको जीसी स्क्रिन प्रिन्टका सञ्चालक मामु जीसीले बताउनुभयो । अहिले झन्डा र टिसर्टमा चुनाव चिह्न र झन्डा छपाउन आउनेको सङ्ख्या ह्वात्तै बढेको उहाँको भनाइ छ । एउटै उमेदवारले पाँच हजारभन्दा बढीको सङ्ख्यामा झन्डा बनाउने गरेको छपाइ व्यवसायीहरू बताउँछन् । नवलपरासीको कावासोती नगरपालिकाका माओवादीबाट प्रमुख पदमा उम्मेदवार रहेका डासीराम बसेलले आफूले ६ सय टिसर्ट र चार हजार झन्डा छापेको जानकारी दिनुभयो ।

नवलपरासीको कावासोती र गैँडाकोटमा झन्डा नपाएर बुटवलबाट लगिएको छ । बुटवलका छपाइ पसलमा अर्घाखाँची, पाल्पा, कपिलवस्तु र गुल्मीका राजनीतिक दलले झन्डाको बुकिङ गरेका छन् । प्रदेश नं ५ मा दोस्रो चरणमा निर्वाचन हुने भए पनि चुनावी प्रचार सुरु भएको छ ।राजनीतिक दलले कार्यकर्तालाई टोपी, टिसर्ट वितरण गरेर आकर्षित गर्ने अभियान नै चलाएका छन् । काँग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारले बढी मात्रामा झन्डा र टिसर्ट बनाउने गरेको अर्का व्यवसायी अर्जुन खत्रीले बताउनुभयो ।प्रदेश नं ५ मा हुने निर्वाचनका लागि व्यवसायीले महँगो मूल्य तिरेर भए पनि कपडा खरिद गरेका छन् । अन्य कपडा सिलाउन आएका कपडा पनि झन्डामा प्रयोग हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्