Logo

विराटनगरमा करेन्ट लागेर एक घाइते



Spread the love

 

२३ जेठ, विराटनगर l विराटनगरमा मकै ट्रयाक्टरमा लोड गर्ने क्रममा करेन्ट लागेर एक जना घाइते भएको छ l घाइते हुनेमा मोरङको सुनवर्षी नगरपालिका–९ डायनियाका ३५ वर्षीय मुन्ना मण्डल रहेका छन् ।

घरमै राखिएको मकै बोरा स १ त १९०६ नम्बरको ट्रयाक्टरमा लोड गर्ने क्रममा करेन्ट लागेर ट्रयाक्टर चालक घाइते भएका हो l उक्त मण्डलले छतमाथि रहेको बिजुलीको तारलाई हातले छोएर करेन्ट लागेको र घाइतेको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्