Logo

गोदावरी राजधानी कप: नेपालगंज ११ सेमिफाइनलमा



Spread the love

२४ जेठ, धनगढी – नेपालगंज–११ ले कैलाली अत्तरीयामा जारी गोदावरी राजधानी कप खुल्ला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहिबार भएको खेलमा नेपालगंज–११ ले सुदुरपश्चिम–११ लाई सडनडेथमा ६-५ ले पराजित गर्दै सेेमिफाइनलको यात्रा तय गरेको हो। निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा खेल ४-४ गोलको बराबरी भएपछि खेल सडनडेथमा गएको थियो ।

अब नेपालगंज–११ ले फाइनल प्रवेशका लागि आयोजक पिएफए स्पोर्टस क्लबसँग खेल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्