Logo

खोलामा डुबेर महिलाको मृत्यु



Spread the love

२४ जेठ, संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका-१ मा खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्मिला लिम्बू रहेकी छिन् । उनको घरनजिकै रहेको कुसुवा खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिएका छन् ।

सर्मिलाको शव पोष्टमार्टका प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लाने तयारी भएको प्रहरीले जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्