Logo

डोल्पाको पाटनमा यार्सागुम्बा सङ्कलनमा गएका थप १ जनाको मृत्यु



Spread the love

२४ जेठ, डोल्पा । यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको पाटनमा गएका थप एक जनाको लेक लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा नलगाड नगरपालिका–१२ तल्लुका भीमबहादुर बस्नेत हुन् । डोल्पाको टाक्सी पाटनमा लेक लागेर बिरामी परेका उनलाई उपचारका लागि स्वास्थ्य चौकी लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । भने अहिले सम्म यार्सागुम्बा सङ्कलनमा जाने क्रममा मृत्यु हुनेको सङ्ख्य नौ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्