Logo

ज‌ंगलमा पुरुषको शव फेला



Spread the love

२५ जेठ, अर्घाखाँची । अर्घाखाँची सिद्धारा खयरभट्टीको ज‌ंगलमा १ पुरूषको शव फेला परेको छ।

मृतक पुरूषको अनुहार चिन्न नसकिने करिब ३५ वर्षका नग्न अवस्थामा रहेको शव देखेपछि गोरु चराउन गएका गोठालाले प्रहरीलाई खबर गरेका थिए।

उक्त घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक गणेशबहादुर नरालको नेतृत्वमा टोली जाँदै रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्