Logo

जानी राखौं गर्मीयाममा खान नहुने यी चिज



Spread the love

 

 

गर्मीयाममा के खादा फाइदा हुन्छ र के खानुपर्दछ । भन्ने बारेमा त सबैलाई थाहा भएकै कुरा हो । तर के तपाइहरूलाई यो कुरा थाहा छ, गर्मी मौसममा के चाही खान हुँदैन ?

हेर्नुहोस् गर्मी मौसममा खान नहुने यी चिज :

अदुवा
गर्मीयाममा अदुवाको सेवन गर्नाले स्वास्थ्यको तापक्रम बढाउनका साथै स्वास्थ्यमा हानी पनि पुर्याउदछ । उक्त कारण गर्मी मौसममा अदुवा सेवन नगरेकै बेस रहन्छ ।

प्याज
प्याजले तरकारीको स्वाद बढाउन मदत गरेता पनि शरीरको तापमान बढाउँछ र हर्मोन असन्तुलित बनाउँदछ । त्यसैले गर्मीमा प्याजको सेवन कम मात्रामा गर्नुपर्दछ ।

लसुन
तरकारीलाई स्वादिलो बनाउन लसुनको प्रयोग गरेता पनि यसले शरीरको तापक्रम बढाउनका साथै हर्मोनलाई असन्तुलन गराउँदछ ।

सागपात
सागपातमा भरपुर एन्टीअक्सिडेन्ट हुन्छ जसले अनेकौँ रोग भगाउँछ । सागपातमा प्रोटिन पनि प्रशस्त हुन्छ । यो ब्रेकडाउन हुँदा शरीरको तापक्रम बढ्छ र शरीरको हर्मोन परिवर्तन हुन थाल्छ । त्यसैले सागपात गर्मीयाममा कम नै खाएको राम्रो हुन्छ ।

तैलीय खाना
गर्मी मौसममा तेल जन्य पदार्थ खाएमा पाचनसम्बन्धी समस्या हुन्छ । उक्त कारण तेलीय खाना नखानु नै उचित रहन्छ ।

प्रतिक्रिया दिनुहोस्