Logo

बाँकेमा श्रीमतीमाथि बञ्चरो प्रहार



Spread the love

 

२५ जेठ, बाँके ।
बाँकेको जानकी गाउँपालिकामा श्रीमानको बन्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छिन् ।

घाइते हुनेमा कप्तरा हरिजन रहेकी छिन् । जानकी गाउँपालिका वडा–३ मानपुर निवासी श्रीमान पञ्चराम हरिजन र श्रीमतीबीच १५ दिनदेखि नै झगडा हुँदै आएको थियो । श्रीमती कप्तरामाथि बञ्चरो प्रहार गरेपछि आफैँ प्रहरी कार्यालय पुगेको इलाका प्रहरी कार्यालय खजुराखुद्र्धका प्रहरी नायब निरीक्षक राजकुमार सिंहले जानकारी दिए ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते कप्तराको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको र हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्