Logo

गुल्मीमा नेपाली कांग्रेसको जागरण अभियान सम्पन्न



Spread the love

२६ जेठ , गुल्मी – नेपाली कांग्रेसको एक महिने जागरण अभियान गुल्मीमा शनिबार भव्यताका साथ सम्पन्न भएको छ । शनिबार पार्टी कार्यालय वि.पी. स्मृति भवन तम्घासमा नेपाल राष्ट्रिय मगर सङ्घको आयोजनामा एक महिने जागरण अभियान सम्पन्न भएको हो ।

हिमाल,पहाड, तराईमा नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानमा नेपाली कांग्रेसका भार्तृ सङ्गठनहरुले गुल्मीका १२ वटै स्थानीय तहमा पुगि विभिन्न कार्यक्रम गरेका थिए । अभियानका क्रममा पार्टी प्रवक्ता विश्व प्रकाश शर्मा समेत गुल्मी आएका थिए ।

समापन कार्यक्रम बोल्दै नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले राष्ट्रिय जागरण अभियानले नेपाली काँग्रेस पार्टीलाई चुस्तदुरूस्त बनाउन सहयोग गरेको बताए । उपसभापति विष्णु वलाल , नेपाली कांग्रेसकी लक्ष्मी पाण्डे ,विष्णु कुमारी सापकोटा , त्रैलोक्य प्रताप सेन, लगायतले आफ्ना भनाई राखेका थिए ।

त्यस्तै, नेपाल मगर सङ्घका केन्द्रीय उपादक्ष्य श्रीप्रसाद भलामीले एक लाख आदिवासी लाई क्रियाशिल पत्र बाँड्ने योजना रहेको उल्लेख गरे भने पार्टी सभापति तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भुवन प्रसाद श्रेष्ठले यो अभियानले महिला , दलित,आदिवासीलाई जागृत बनाएको बताउँदै आदिवासीका कारण यो देशमा परिवर्तन भएको उल्लेख गरेका थिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्