Logo

रुपन्देहीमा युवकको हत्या, ५ जना पक्राउ



Spread the love

२६ जेठ, रुपन्देही । रुपन्देहीको देवदहमा गएराति एक युवकको हत्या भएको छ ।

मृत्युहुनेमा देवदह नगरपालिका–८, विशालनगरका २८ वर्षीय सुमन थापा रहेको छ । साथीभाइको कुटपिटबाट निधार र छातीमा निलडाम रहेको र बेहोस अवस्थामा फेला परेका गम्भीर घाइते थापाको उपचारका क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए ।

प्रहरीले उनको हत्यामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको छ भने अहिले उनीहरुलाई इलाका प्रहरी कार्यालय, बुटवल ल्याइएको जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्