Logo

पाल्पामा जंगली च्याउँ खाँदा १ बालिकाको मृत्यु



Spread the love

 

२६ जेठ, पाल्पा ।  जंगली च्याउ खादा पाल्पामा १ बालिकाको मृत्यु भएको छ भने ९ जना बिरामी भएका छन् ।

मृत्यु हुनेमा निस्दी गाउँपालिका-३ की ९ वर्षीया निर्मलासिंह ठकुरी रहेकी छिन् । च्याउ खाएर गम्भीर बिरामी भएकी निर्मलाको पुरानो मेडिकल कलेज भरतपुरमा उपाचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

साथै च्याउको तरकारी खाएर बिरामी परेका पुरन खम्चा, उनकी श्रीमती चन्द्री खम्चा, छोरी निर्मला खम्चा, प्रेमसिं ठकुरी, दानकुमारीसिं ठकुरी , सुमनसिं ठकुरी, धनकुमारीसिं ठकुरी, निसासिं ठकुरी र निरुतासिं ठकुरीको मध्यबिन्दु अस्पताल नवलरपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाको अनुसार उनीहरुले जेठ २४ गते शुक्रबार साँझ जंगलबाट च्याउ ल्याई तरकारी पकाएका थिए भने शनिबार अपरान्हदेखि च्याउ खाने सबै जनालाई पेट फुल्ने, पखाला लाग्ने, बेहोस हुने, बराबराउने, लक्ष्यण देखा परेको थियो।

प्रतिक्रिया दिनुहोस्