Logo

निन्द्रा नलागेर चिन्तित हुनु हुन्छ ? अपनाउनुहोस् यी उपाय



Spread the love

के तपाईँको ढिला सुत्ने बानी छ, र राति अबेरसम्म निन्द्रा लाग्दैन ? यदि त्यसो हो भने अपनाउने गर्नुहोस् l यी उपायहरू जसले गर्दा छिटै सुत्ने बानी बसाल्नुका साथै छिटै निन्द्रा लागी निन्द्रा नलाग्ने समस्याबाट पनि मुक्ति दिलाउन सक्दछ l

     छिटै निन्द्रा लाग्नका लागि अपनाउनुहोस् यी उपाय :

  • ज्यादा भोजन वा खाली पेट नबस्ने बानी बसाल्नुपर्दछ l किनकि धरै खान र खाली पेटले गर्दा पनि निन्द्रा नलाग्ने समस्या उत्पन्न हुने गर्दछ l
  • बेलुकी समयमा भारी खाने कुरा र मद्यपान, धूमपान, कफी आदि जस्ता पदार्थ सेवन नगर्ने l
  • एउटै समयमा सुत्ने र उठ्ने जस्ता बानीलाई कायम नै राख्ने l
  • सुत्नु भन्दा अगाडी नै नुहाउनुपर्छ l जसले गर्दा आराम भएको महसुस हुनका साथै मिठो र छिटै निन्द्रा लाग्ने गर्दछ l
  • शरीरलाई फुर्तिलो र ताजा बनाउनका लागी सधै जसो व्यायाम गर्ने बानी बसाल्ने l जसले गर्दा छिटै निन्द्रा लग्न मदत गर्दछ l
  • सुत्नु पहिले मन तातो पानी वा दूध पिउनुपर्छ l जसका कारण छिटै निदाउन सकिनेछ l

प्रतिक्रिया दिनुहोस्