Logo

बर्दियामा ट्रयाक्टर दुर्घटना हुँदा १ बालकको मृत्यु, १४ घाइते



Spread the love

 

२६ जेठ, बर्दिया । बर्दियाको गुलरिया–९ डिब्बा भन्ने गाउँमा ट्रयाक्टर दुर्घटना हुँदा १ बालकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गुलरिया–८ का नौ वर्षीय समुन लोध रहेको छ । बर्दियाको सीमावर्ती क्षेत्रमा पर्ने भारतको वहराइच जिल्लामा लक्कडबाबा मेला हेरेर फर्किने क्रममा भे१त ५७५२ नंको ट्रयाक्टर दुर्घटना हुँदा उक्त घटना भएको प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए । समुनको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते १४ जना मध्ये गुलरिया–८ कै १५ वर्षीया नीलम लोध र नौ वर्षीया सुमनकुमारी लोधको अवस्था गम्भीर रहेको र उनीहरुलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज पठाइएको प्रहरी नायब उपरीक्षक मदन सिंहले जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्