Logo

आँप खानुका अचुक फाइदा



Spread the love

 

 

आँप भन्नाले एक किसिमको फल हो l जसको स्वादले गर्दा फलफुलको राजा भनेर पनि चिनिने गरिन्छ l आँप फल कसलाई पो मन नपर्ला र ? जसको नाम सुन्दा मै मुख रसिलो हुने गर्दछ l आँपको स्वाद मिठो हुन्छ भन्ने कुरा त सबैलाई थाहा नै छ l तर के तपाइहरूलाई आँपको सेवन गर्दा हुने फाइदाहरू बारे थाहा छ के ?

    हेर्नुहोस् आँप खानुका फाइदाहरू :

  • आँपको सेवन गर्नाले यसमा भएको एन्टिअक्सिडेन्टयुक्तले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट पनि बचाउन मदत गर्दछ ।
  • आँँपमा फोलेट र फोलिक एसिडयुक्त पाइन्छ l जसको सेवनले प्रजनन क्षमता बढाउन सक्दछ l
  • आँपको नियमित सेवन गर्नाले पेटमा हुने कब्जियत एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट पनि छुटकारा मिल्दछ l
  • यदि कुनै मानिसमा रगतको मात्रा कम छ भने त्यस्ता व्यक्तिले आँपको सेवन गरेमा रगतको मात्रा बढ्ने गर्दछ l
  • आँपमा भिटामिन ए पाइन्छ l जसलाई सेवन गर्दा आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिनेछ l
  • आँपको सेवन गर्नाले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनका साथै शरीरलाई इन्फेक्सन हुनबाट पनि बचाउने गर्दछ l
  • फलको राजा आँपमा भरिपूर्ण मात्रामा भिटामिन बी पाइन्छ । जसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण शक्ति बढाउन सहयोग गर्दछ l

प्रतिक्रिया दिनुहोस्