Logo

बार्सिलोनाका किपरले डे लाइटलाई क्लबका सबै राम्रा पक्ष सुनाएछन्…



Spread the love

२६ जेठ, काठमाडाैँ – समर ट्रान्सफर विन्डो खुलेसँगै युरोपियन क्लब आफुलाई बलियो बनाउँदै आगामी सिजन उपाधि जित्ने लक्ष्यमा लागेका छन् । विभिन्न क्लबबाट खेलाडी भित्र्याउने र भएका खेलाडी अन्य क्लबमा पठाउने क्रम ट्रान्सफर विन्डो खुलेसँगै तीव्र रूपमा भएको हो ।

विशेषतः ट्रान्सफर विन्डोलाई युरोपमा खेलाडि भित्र्याउने र केही खेलाडीलाई अन्य सुहाउँदो क्लबमा पठाउने समयको रूपमा लिने गरिन्छ । खेलाडीले वर्षभरी गरेको प्रदर्शनको आधारमा उनीहरूको कला र मेहनतको उचित मुल्य तिर्दै क्लबहरू खेलाडीका लागि तछाँड मछाँड नै गरिरहेका हुन्छन् । आर्थिक तथा सफलताका रूपमा ठूला क्लब आफुले चाहेको खेलाडी तान्न चर्को मुल्यको सामना गर्न समेत पछि पर्दैनन् ।

यो सिजनको ट्रान्सफर विन्डो खुलेर पनि विभिन्न खेलाडी यत्र तत्र बसाइ सरिसके भने कतिपय प्रतिभावान खेलाडी जाने तरखरमा छन् । यस्तै गन्तव्यको पर्खाइमा रहेका खेलाडी हुन् आयाक्सका युवा डिफेन्डर म्याथिस डे लाइट । १९ वर्षिय डे लाइका लागि धेरै क्लबले आँखा लगाए पनि उनि भने या त बार्सिलोना या त फ्रेन्च क्लब पीएसजी जाने भन्ने मनसायमा रहेको समाचार केही दिन अगाडी स्पेनिस पत्रिका मार्काले छापेको थियो ।

यी युवा प्रतिभा कता जान्छन् भन्ने अझै टुङ्गो नलागि सकेको अवस्थामा बार्सिलोनाका दोश्रो रोजाइका गोल किपर ज्यास्पर सिलेसनले मार्केट तताउने कुरा बाहिर ल्याएका छन् । आज हुने युरोपियन नेसन्स लिगको फाइनल अगाडी उनले यस्तो कुरा बाहिर ल्याएका हुन् ।

के भने सिलेसनले ??

डच मिडियाले म्याथिस डे लाइटको स्थानान्तरणको बारेमा सोधेको प्रश्नमा उनले डे लाइटलाई बार्सिलोनाका सबै राम्रा पक्षको बारेमा बताएको प्रष्ट पारेका छन् । सिलेसनले आफुले डे लाइटलाई भेटेको र उनको आगामी दिनको बारेमा केहि सुझाएको बताएका हुन् ।

डे लाइटको ट्रान्सफरको बारेमा बोल्दै सिलेसनले भने“ म डे लाइटसँग उसको भविष्यको बारेमा कुरा गर्न बसेको थिए । जसमा मैले उनलाई बार्सिलोनाको राम्रो पक्षको बारेमा मात्र बताउँन सके । मैले डे जोङलाई जे भनेको थिए , डे लाइटलाई पनि सोही कुरा बताए । म्याथिस राम्रो व्यक्तित्व हो र उसलाई के गर्नु् पर्छ भन्ने राम्रोसँग थाहा छ ।“

उनले सो क्रममा अन्य कुरा थप्दै भने, “डे लाइटको प्रमुख उद्देश्य धेरै समय खेल्नु हो र उनी बार्सिलोनामा रहेका पीके, लङलेट र उम्टिटिका कारण दुविधामा परेका छन् ।“

सिलेसनको कुरा अनुसार डे लाइट बार्सिलोना आउन उनको खेल्ने समयको ग्यारेन्टि नभएको बुझिन्छ । र सिलेसनले बार्सिलोनाका लागि डे लाइट जस्तो प्रतिभावान खेलाडीको आवश्यकता रहेको बताउँदै छिट्टै उचित निर्णय लिन समेत क्लबलाई सुझाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्