Logo

यस्ता छन् भुइँकटर खानुका फाइदा



Spread the love

भुइँकटर एउटा यसको स्वादिष्ट फल हो l जसमा धेरै समस्याका समाधान गर्ने तत्वहरु पाउनका साथै भिटामिन तथा पोषण पनि पाइन्छ । भुइँकटर खानु त मिठो मानेर खाने गर्दछौँ l तर कतिपयलाई यसको सेवन गर्दा कस्ता फाइदा हुन्छन् भन्ने बारे थाहा नहुनु पनि सक्दछ l उक्त कारण जानी राखौं यी फल सेवन गर्दा हुने फाइदाहरू l

  • भुइँकटको सेवन गर्नाले मुटु सम्बन्धी विभिन्न रोगबाट ग्रसित मानिसहरूलाई लाभदायक बनाउनका साथै अन्य रोगहरू हुनबाट पनि बचाउने गर्दछ l
  • भुइँकटमा भिटामिन सी को मात्रा पाइने हुनाले घाउ तथा चोटपटक चाँडो निको पार्नका साथै सङ्क्रमणको प्रतिरक्षा पनि गर्दछ ।
  • भुइँकटहरमा पर्याप्त मात्रामा फाइबर पाइन्छ l जसले पाचन क्रियालाई सहज बनाउनका साथै खानेकुरालाई पनि सजिलो सँग पचाउँदछ ।
  • यस फलको प्रयोग गर्नाले शरीरको हड्डीहरू बलियो बनाउन पनि मदत गर्दछ ।
  • भुइँकटहरमा एन्टी अक्सिडेन्ट तत्त्व हुन्छ जसले गर्दा चाउरीपन रोक्ने र अनुहारका दाग धब्बा कम गर्न सहयोग गर्दछ ।
  • भुइँकटहरको सेवन दिनहुँ गरेमा आँखा तेजिलो देख्नका साथै आँखा सम्बन्धी समस्याहरूबाट पनि राहत मिल्ने गर्दछ l

प्रतिक्रिया दिनुहोस्