Logo

यी हुन् बढी नुन सेवन गर्नका बेफाइदा



Spread the love

के तपाइको नुन चर्को खाने बानी छ ? यदि छ भने जानी राख्नुहोस् यसको बेफाइदाहरू जसको सेवन गर्नाले स्वास्थ्यमा हानिकारक पुर्याउदछ l

   यस्ता छन् नुन चर्को खानुका बेफाइदा :

  • नुनको बढी सेवनले मस्तिष्क, धमनी र मुटुमा असर गर्नका साथै शरीरका रसायनमा असन्तुलन आई मानिसको मृत्युसमेत हुन सक्दछ ।
  • बढी नुन खानाले मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायतका गम्भीर समस्या समेत हुने गर्दछ ।
  • बढी नुन भएको खाना सेवन गर्नाले शरीरमा आवश्यकताभन्दा बढी पानीको मात्रा कायम गर्छ । जसले गर्दा स्वास्थ्यमा विभिन्न समस्या देखा पर्ने गर्दछ ।
  • मानिसहरूले उच्च सोडियमयुक्त खाना खादा शरीरमा सोडियमको मात्रा बढी हुन् जान्छ l जसले गर्दा घुँडा र हातखुट्टा सुन्निने समस्या देखा पदर्छ ।
  • खानामा प्रयोग गरिने सोडियमको अत्यधिक मात्राले उच्च रक्तचाप निम्त्याउनका साथै बुढेसकालमा सोच्ने शक्तिमा समस्या ल्याउँदछ ।

प्रतिक्रिया दिनुहोस्