Logo

सवारी दुर्घटना हुँदा ट्रिपर चालकको मृत्यु



Spread the love

२७ जेठ, उदयपुर । घुर्मि सडक खण्डमा पर्ने उदयपुरको कटारी नगरपालिका–११ मा ट्रिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा सोलुखुम्बुका   २१ बर्षीय सुजन भण्डारी रहेको छ । घुर्मीबाट कटारीतर्फ आउँदै गरेको बा ३ ख ४१३० नम्बरको ट्रिपर अनियन्त्रित भई सडकबाट १ किलो मिटर तल खसेर दुर्घटना हुँदा ट्रिपर चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

भण्डारीको लास पोष्टमार्डमका लागि कटारी अस्पतालमा राखिएको छ भने थप बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्