Logo

तीन बुँदे सहमतिपछि मूलपानी–डाँछी सडकखण्डको बाटो सुचारू



Spread the love

२८ जेठ, काठमाडौँ । अवरुद्ध मूलपानी–डाँछी सडकखण्डको बाटो सुचारू भएको छ ।

बाटो पिच नभएर थलीबासी मंगलबारआन्दोलनमा उत्रिएका थिए । भने अहिले नगरपालिका र आन्दोलनरत नेपाल विद्यार्थी संघबीच ३ बुँदे सहमति भए पछि बाटो खुलेको छ । उक्त ३ बुँदे सहमति अन्तर्गत नगरपालिकाले चाबहिल–साँखु सडक खण्डअन्तर्गत सानोथली ओह्रालोदेखि व्यञ्जन पार्टी प्यालेससम्मको बिग्रिएको बाटो बनाउने भएको छ ।

तत्काल बाटोमा थुप्रिएको हिलो फाल्ने, एक हप्ताभित्र बाटो सम्याउने र तत्काल बाटो पिच गर्न पहल गर्ने समझदारी भएपछि बाटो खुलेको स्थानीय निश्चल नेपालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्