Logo

प्रहरीद्वारा १ लाख ७१ हजार नगदसहित ५ जुवाडे पक्राउ



Spread the love

२८ जेठ, काभ्रे l नेपाल प्रहरीले बनेपा नगरपालिका- १ नाला टुकुचाबाट १ लाख ७१ हजार नगदसहित ५ जुवाडे पक्राउ गरेको छ l पक्राउ पर्नेमा योग्रेन्द्र श्रेष्ठ, सगुन श्रेष्ठ, सचेश श्रेष्ठ, सञ्जय श्रेष्ठ र मुकेश थापा रहेका छन् l

प्रहरीले विशेष सूचनाका आधारमा नगदसहित पाँचजनालाई पक्राउ गरेको हो l लुकिछिपी नाला टुकुचामा योग्रेन्द्र श्रेष्ठले तास खेलाइरहेको भन्ने सूचना प्राप्त गरे पश्चात् ताससहित घरधनी योगेन्द्र श्रेष्ठ लगायत अन्यलाई पक्राउ गरेको प्रहरीले बताएको छ l

पक्राउ पर्नेहरु माथि म्याद थप गरी अनुसन्धान गर्नका लागी इलाका प्रहरी कार्यालय बनेपामा राखिएको प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताएको छ l

प्रतिक्रिया दिनुहोस्