Logo

रुखबाट लडेर एकको मृत्यु



Spread the love

२८ जेठ, बझाङ । बझाङमा एक वृद्को पाला काट्ने क्रममा रुखबाट लडेर ज्यान गएको छ ।मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका वडा नम्बर १ मा बसोबास गर्ने ६५ वर्षीय जोग बहादुर सिंह रहेका छन् l

गत आइतबार गाउँ नजिकैको जङ्गल खोलामा पशु चौपायाका लागि पाल काट्न गएका सिंह साँझसम्म पनि घर नआएपछी सोमबार बिहान खोजी गर्दै जाँदा सिंहको मृत शरीर फेला परेको स्थानीय सत्यराज सिंहले बताए ।

उक्त सिंहको पाल काट्ने क्रममा रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको र सोमबार बिहान दाहसंस्कार गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्