Logo

फिल्म क्षेत्रको बदनाम गरेको अभियोगमा मेमे नेपालका सञ्चालक पक्राउ



Spread the love

२८ जेठ, काठमाडौँ । प्रहरीले युटुब मार्फत फिल्म क्षेत्रको बदनाम गरेको अभियोगमा मेमे नेपालका सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हाल भक्तपुर बालकोट बस्ने सुनसरी धरान उपमहानगरपालिका-१४ बिजयनगर घर भएका २४ वर्षीय प्रनेश गौतम रहेका छन् ।

महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले प्रनेशलाई कलाकारको मानप्रतिष्ठामा बाधा पुर्‍याउने, चलचित्रको व्यापार व्यबसायमा घाटा पुर्‍याउने, र चलचित्रको बदनाम समेत गरेको भन्दै नेपाली कथानक चलचित्र ‘वीरबिक्रम २ ‘ का निर्देशक मिलन चाम्लिङ राईको जाहेरीको आधारमा पक्राउ गरेको हो ।

उनलाई बिद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्