Logo

अछाममा जंगली जनावरको आक्रमणबाट १ जना घाईते



Spread the love

२९ जेठ, अछाम।
अछाममा जंगली जनावरको आक्रमणबाट १ जना घाईते भएका छन् ।

घाइते हुनेमा कमलबजार नगरपालिका वडा नम्बर ६ गैरिटाड निवासी शेर बहादुर शाही रहेको छ ।

उनलाई पाचुली भन्ने जङ्गलमा बाख्रा चराउन गएको  बाघले आक्रमण गरेको हो । शाहिको टाउको, दाहिने गाला र खुट्टामा चोट लागेको छ । भने घाइते शाहिको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्