Logo

जाजरकोटमा विप्लव समूहले गर्‍यो वडा कार्यालय तोडफोड



Spread the love

२९ जेठ, जाजरकोट l जाजरकोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यक्रताले तोडफोड गरेको छ l उक्त तोडफोड जाजरकोटको नलगाड नगरपालिका–१० को वडा कार्यालयमा गरेका छन् ।

कार्यालयमा तोडफोड गर्दा कुर्सी, दराज, कागजातमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले बताएको छ l जनप्रतिनिधिहरूलाई भ्रष्ट, दलालको आरोप लगाउँदै उक्त कार्यालयमा तोडफोड गर्नका साथै अन्य ठाउँमा समेत दलालविरुद्ध कारबाही जारी रहने चेतावनी जाजरकोट जिल्ला इञ्चार्ज प्रेमप्रकाश ओलीले दिएका छन् l

प्रतिक्रिया दिनुहोस्