Logo

बझाङमा जीप दुर्घटना हुँदा ३ जना घाइते



Spread the love

२९ जेठ, बझाङ। बझाङमा जीप दुर्घटना हुँदा तीन जना यात्रु घाइते भएका छन् ।

घाइते हुनेहरुमा जीप चालक लक्ष्मण धामी, कर्ण बहादुर धामी, देउलीकोटका स्वास्थ्य चौकी अहेब नरेन्द्र बोहरा रहेको छ।

बुङ्गल नगरपालिका वडा नं ९ बाट देउलीकोट स्वास्थ्य चौकीको सामान लगेरदेउलीकोट तर्फ जाँदै गरेको से १ ज ५९९ नम्बरको जीप दुर्घटना हुँदा उक्त घटना भएको प्रहरी नायब उपरिक्षक सूर्य बहादुर केसीले बताए ।

घाइते उनीहरूलाई उपचारका लागि डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्