Logo

नेपालीहरूको वीरता सर्वप्रथम बेलायतले थाहा पायो : प्रधानमन्त्री ओली



Spread the love

२९ जेठ, काठमाडौँ l बेलायतस्थित दूतावासमा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका नेपाली समुदायलाई सम्बोधन गरेका छन् ।

फ्रान्स उड्नुअघि दूतावासमा नेपाली समुदायलाई सम्बोधन गर्दै उनले विश्वभर फैलिएको नेपाली समुदाय मिलेर बसेकोमा खुसी व्यक्त गरी स्वयमकै स्वागत आयोजित समारोहमा नेपालीहरू वीर छन् भन्‍ने कुरा सर्वप्रथम बेलायतले थाहा पाएको उल्लेख गर्नका साथै नेपाली डायस्पोराको प्रशंसा गरी त्यहॉका नागरिकलाई धक्का दिएर होइन, मिलेर सहयोगी बनेको कुरामा पनि उनले गर्व गरेका छन् ।

गत मङ्गलवार बेलायतस्थित गोरखा ब्रिगेड एशोसियसनको मुख्यालय पुगेका प्रधानमन्त्री ओलीले कार्यरत गोरखा सैनिक र तिनका परिवारलाई भेटेका छन् । काम्बर्ली स्थित रोयल मिलिट्री एकेडेमीमा रहेको गोरखा ब्रिगेडको मुख्यालयमा गोरखा सैनिकहरूले उनलाई गार्ड अफ अनर प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्