Logo

मोरङमा एक युवा मृत अवस्थामा फेला



Spread the love

३० जेठ, मोरङ । पथरीशनिश्चरे-१ स्थित हरियाली सामुदायिक वन क्षेत्रभित्र एक युवा मृत अवस्थामा फेला परेको छ ।

मृत्यु हुनेमा पथरीशनिश्चरे नगरपालिका-८ का ३१ वर्षीय विमल परिवार रहेको छ । विमल घरबाट दुई दिनदेखि वेपत्ता भएको र पूर्व-पश्चिम राजमार्गबाट चार सय मिटर उत्तरमा उनको शव सडेगलेर दुर्गन्धित भएको अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।

मृतक विमलको मृत्युको कारण खुलिनसकेको र घटनाको अनुसन्धान भैरहेको छ भने शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा लगिएको श्रेष्ठले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्